Section 19
सेवा निलम्बन वा अन्त्य गर्न सक्ने
(१) स्थानीय तहले दफा १८ बमोजिमको सेवा शुल्क नबुझाउने सेवाग्राहीको फोहरमैला व्यवस्थापन सम्बन्धी सेवा निलम्बन वा अन्त्य गर्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि फोहरमैला व्यवस्थापन गर्न दफा १५ बमोजिम जिम्मेवारी पाएको व्यक्ति, संस्था वा निकायले दफा १८ को उपदफा (४) बमोजिमको सेवा शुल्क नबुझाउने सेवाग्राहीको फोहरमैला व्यवस्थापन सम्बन्धी सेवा निलम्बन वा अन्त्य गर्न सक्नेछ र यसरी सेवा निलम्बन वा अन्त्य गरिएमा सोको जानकारी स्थानीय तहलाई दिनु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम सेवाको निलम्बन वा अन्त्य गरिएको अवस्थामा आफ्नो घरबाट उत्पादन हुने फोहरमैलाको व्यवस्थापन सम्बन्धित घरधनी आफैंले गर्नु पर्नेछ ।
(४) सेवाग्राहीले दफा १८ बमोजिम बुझाउनु पर्ने सेवा शुल्क बुझाएमा निजलाई पुन सेवा प्रदान गरिनेछ ।